लमहीमा एक मोटरसाइकल वर्कसपमा आगलागी, १० लाख बराबरको क्षती



लमहीमा एक मोटरसाइकल वर्कसपमा आगलागी, १० लाख बराबरको क्षती

लमही १९ जेठ । दाङको लमहीमा रहेको एक मोटरसाइकल वर्कसपमा आगलागी हुँदा १० लाख बराबरको क्षति भएको छ ।

बिहीबार बिहान सवा १ बजे लमही नगरपालिका वडा नं. ५ का बिष्णा रेग्मीको घरमा सटर भाडा लिएर एटुजेट सोटरसाइकल वर्कसप सेन्टर सञ्चालन गरेका मुस्त खानको पसलमा बिजुलीको तर सर्ट भएर आगलागी भएको थियो ।

आगलागी भएको खवर पाएपछि प्रहरी नायव निरिक्षक पुरन मल्लको कमाण्डमा गएको ७ जनाको प्रहरी टोली सहित लमही नगरपालिकाको दमकल र स्थानीय बासीको सहयोगमा साढे २ बजे आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक मुकुन्द रिजालले जानकारी दिए ।

आगलागीबाट २ वटा मोटरसाइकल, मोटर साईकल मर्मतका लागि राखिएको सामग्री र नगद ४० हजार रुपैयाँ जलेको रिजालले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे