LISTEN LIVE RADIO

तस्करीको आशंकामा दाङबाट १ सय गोरू प्रहरीद्धारा नियन्त्रणमा



तस्करीको आशंकामा दाङबाट १ सय गोरू प्रहरीद्धारा नियन्त्रणमा

दाङ, ७ कार्तिक । दाङ प्रहरीले तस्करी हुन लागेको एक सय गोरु नियन्त्रणमा लिइएको छ । बबई गाउँपालिका वडा नं. ६ पञ्चकुलेमा गयराति गोरु तस्करी हुन लागेको गोप्य सुचना पाएपछि तरुण दल दाङका जिल्ला अध्यक्ष टिका घर्ती र ईलाका प्रहरी कार्यालय खिलतपुरको समन्वयनमा तस्करी हुन लागेका गोरु नियन्त्रणमा लिइएको हो ।          पञ्चकुलेमा गयराति गोरु तस्करी हुन लागेको गोप्य सुचना आफुलाई आएकोले तरुण दलका १२० जना युवाहरु सहित पञ्चकुलेमा गएर एक घरमा बाँधेको अवस्थामा गोरु नियन्त्रणमा लिएको अध्यक्ष घर्तीले बताए । तरुण दल र प्रहरी आउन लागेको थाहा पाएर त्यहाँबाट तस्करहरु भागेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे