२४ घण्टामा नेपालमा थप ४ हजार ४ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि, १७ को मृत्यु



२४ घण्टामा नेपालमा थप ४ हजार ४ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि, १७ को मृत्यु

काठमाडौँ ७ कात्तिक । पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ४ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशका विभिन्न प्रयोगशालामा १६ हजार ८ सय ६३ पीसीआर परीक्षण गर्दा काठमाडौं उपत्यकामा २ हजार ७ सय २० जनासहित ४ हजार ४ सय ९९ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सँगै नेपालमा कोरोनाका कुल संक्रमितको संख्या एक लाख ५३ हजार ८ पुगेको छ। शुक्रबार २ हजार ६ सय ६८ जना संक्रमित निको हुँदा संक्रमणमुक्त हुनेको संख्या एक लाख ५ हजार ४ सय ८८ पुगेको छ।

कोरोना संक्रमित निको हुने दर ६८.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको छ। यो सँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय २९ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे