कोरोना संक्रमणबाट मालपोत कार्यालय घोराहीका सुब्बाको मृत्यु



कोरोना संक्रमणबाट मालपोत कार्यालय घोराहीका सुब्बाको मृत्यु

दाङ, ७ कार्तिक । भूमिसुधार तथा मालपोत कार्यालय घोराहीका एक जना सुब्बा स्तरका कर्मचारीमा कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कार्तिक ४ गते संक्रमण पुष्टि भएका मालपोत कार्यालयका ५३ वर्षिय कर्मचारीको आज कोरोना संक्रमणकै कारण मृत्यु भएको हो । कोरोना संक्रमण देखिएपछि होम आईशोलेशनमा बसेर उपचार गराई राहेका उनलाई आज बिहान स्वासप्रस्वासमा समस्या देखिएको पछि कोरोना बिशेष अस्पताल बेलझुन्डी लगिएको थियो ।

दिर्घरोग तथा अन्य कुनै पनि स्वास्थ्य समस्या नभएका उनको मृत्यु कोरोना संक्रमणकै कारण भएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । कार्यालयका अनुसार मालपोत कार्यालय घोराहीका ति सुब्बा स्तरका कर्मचारी तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १७ दुधरासका हुन् । पछिल्लो समयमा दाङमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या बढ्दै जान थालेको र यसले कोरोनाले खतरा रुप लिन थालेको संकेत गर्ने स्वाथ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दले बताए ।

यस्तै उता लमहीमा अर्काे एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । लमही नगरपालिका वडा नं ५ निवासी ५५ वर्षीय पुरुषको मृत्यु भएको हो । केहि दिनदेखि स्वास्थ्यमा समस्या आएपछि उपचारकालागि नेपालगंज मेडिकल कलेज कोहलपुर लगिएको थियो । योसँगै दाङमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे