LISTEN LIVE RADIO

सरस्वती माविको ४१ औं वार्षिकोत्सव सम्पन्न



सरस्वती माविको ४१ औं वार्षिकोत्सव सम्पन्न

दाङ १३ पौष । श्री सरस्वती माध्यमिक विद्यालय भरतपुर दाङले आज एक कार्यक्रमको आयोजना गरि आफ्नो ४१ औं वार्षिकोत्सव समारोह सम्पन्न गरेको छ । विद्यालयका विद्यालय व्यवस्थापन समिति सदस्य विष्णु कालाथोकीको सभापतित्व तथा चन्दादाता दामोदर खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले विद्यालयको स्तरोन्नतीमा समुदाय, शिक्षक र विद्यार्थीहरुको आपसी समन्वयकारी भूमिका महत्वपूर्ण रहने कुरामा जोद दिएका थिए । उनीहरुले विद्यालयको निरन्तर प्रगतीको कामना गर्दै आगामी दिनमा विद्यालयलाई नमुना विद्यालयको रुपमा परिचित गराउन सबैले हातेमालो गर्दै जाने पनि बताएका थिए ।

विद्यालयका सहायक प्रधानाध्यपक प्रकाश डाँगीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक बसन्ता पौडेलले वार्षिक प्रगति प्रतिवेदन तथा भावी कार्यक्रमहरु प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा गत शैक्षिक सत्रमा सबैभन्दा धेरै विद्यालय उपस्थित रहने शिक्षिका बिमला श्रेष्ठ र अक्षयकोष वृद्धि गर्ने चन्दादाता एवम् शिक्षिका साबित्री श्रेष्ठलाई सम्मान गरिएको थियो ।

त्यस्तै विद्यालयको अतिरिक्त कियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले आ आफ्नो नृत्य तथा प्रतिभा प्रस्तुत गरेका थिए । शिक्षक रमेश गौगमले सहजीकरण गर्नुभएको कार्यक्रममा विद्यालय व्यवस्थापन समिति सदस्य तिलक रावत, शिक्षक अभिभावक संघ अध्यक्ष शिशिर अधिकारी, विद्यार्थी विनिता पुन मगर लगायतले आ आफ्नो भनाइ राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे