राप्ती गाउँपालिकाको विभिन्न वडामा गठित कृषक समुहका सदस्यहरूलाई साना कृषि औजार वितरण



राप्ती गाउँपालिकाको विभिन्न वडामा गठित कृषक समुहका सदस्यहरूलाई साना कृषि औजार वितरण

भालुवाङ १३ पुस । नामसालिङ सामुदायीक विकास केन्द्रको परियोजना कार्यालय दाङले राप्ती गाउँपालिका दाङका विभिन्न वडामा गठित कृषक समूहका सदस्यहरुलाई साना कृषि औजार वितरण गरेको छ।

समूहमा आवद्ध कृषकहरुको खेतीपाती तथा उत्पादन-उपरान्त मूल्य अभिवृद्धिका लागि सहयोग गर्ने उदेश्यले सामूहिक तथा व्यक्तिगत रूपमा प्रयोग गर्नका लागि ५ थान मिनी टिलर, ६ थान कुटानी तथा पिसानी मिल र ८ थान मकै सेलर मसिन वितरण गरिएको छ।

राप्ती गाउँपालिका सँगको साझेदारी तथा विकास कोष नर्वेको आर्थिक सहयोगमा सञ्चालित एकीकृत सामूदायिक विकास परियोजना मार्फत वितरण गरिएका कृषि औजारहरु मा कृषकहरुलाई ५० प्रतिशत अनुदान प्रदान गरिएको नामसालिङ सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक शशांक आचार्यले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे