LISTEN LIVE RADIO

सिडिओ र एसपीलाई दशैँमा जिल्ला नछाड्न गृहको निर्देशन



सिडिओ र एसपीलाई दशैँमा जिल्ला नछाड्न गृहको निर्देशन

काठमाडाै‌ ४ कार्तिक।  गृह मन्त्रालयले दशैँमा प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखलाई जिल्ला नछाड्न निर्देशन दिएको छ । कोरोना महामारी रोकथाम र नियन्त्रणमा सीडीओ र सुरक्षा प्रमुखको महत्त्वपूर्ण भूमिका हुने भएकाले उनीहरुलाई जिल्ला नछाड्न गृहले निर्देशन दिएको हो ।

गृहले चाडबाडको बेलामा मानिसको आवतजावत बढ्दा कोरोनाको जोखिम झनै बढ्ने भएकाले जोखिम बढ्न नदिन हरसम्भवका उपाय अपनाउन पनि सीडीओ र सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएको छ ।
चाडपर्वलाई व्यवस्थित बनाउन र आपूर्ति प्रणाली सहज बनाउन निर्देशन दिइ सकिएको पनि गृहले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे