LISTEN LIVE RADIO

राप्ती नदिको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन दाङ प्रशासनको आग्रह



राप्ती नदिको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन दाङ प्रशासनको आग्रह

दाङ २८ साउन । जिल्ला प्रशासन कार्यालय दाङले दाङको राप्ती नदिको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । लगातार परेको वर्षाले राप्ती नदिको बगासोतीमा रहेको बाढी मापन केन्द्रमा बिहिबार दिउसो साढे ३ वजे सतर्कता तह पार गरि खतरा तह (६ दशमलब २) नजिक असपासमा पुगेकाले त्यस आसपासमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासनले आग्रह गरेको हो ।

त्यस्तै आज कार्यालयले सुचना जारि गर्दे नदि क्षेत्रबाट काठ दाउरा समात्न, निकाल्ने कार्य अति जोखिम पुर्ण भएकाले नदि किनार क्षेत्रको नजिकमा नजान समेत अनुरोध गरेका छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे