कर्तब्य ज्यान मुद्दामा फरार रहेका खत्री १६ वर्षपछि पक्राउ



कर्तब्य ज्यान मुद्दामा फरार रहेका खत्री १६ वर्षपछि पक्राउ

दाङ २६ असोज । दाङमा एक कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ परेका छन् । जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ कटाहा बस्ने बर्ष ५१ का टेक बहादुर खत्री १६ वर्षपछि पक्राउ परेको प्रहरीले जनाएको छ। खत्रीलाई २०६१ साल चैत २९ गते सर्वोच्च अदालतले कर्तव्य ज्यान मुद्दामा १० बर्ष सजाय तोकेको थियो । तर उनी १६ वर्षसम्म लुकिछिपि बसेका थिए ।

खत्रीलाई यहि असोज २३ गते रोल्पाको त्रिवेणी गाउँपालिका वडा नं.३ रोल्पा सिमेन्ट प्रा.ली बुढागाउमा लुकीछिपि काम गरी रहेको अबस्थामा प्रहरीले पक्राउ गरेको थियो । उनलाई हिजो आइतबार दाङ देउखुरी जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक सुमित खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे