LISTEN LIVE RADIO

दाङमा आज ५३ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या १५ सय ९ पुग्यो



दाङमा आज ५३ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या १५ सय ९ पुग्यो

देउखुरी टुडेकर्मी, भालुवाङ २६ असोज ।

दाङमा आज ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको परिक्षणमा दाङका ५३ जना कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

प्रतिष्ठान मै गरिएको परिक्षणमा बाहिरी जिल्लाका ७ जनामा पनि कोरोना पुष्टि भएको छ । स्वास्थ्य कार्यालयका फोकल पर्सन कमल चन्दका अनुसार कोरोना पुष्टि हुनेमा घोराही उपमहानगरपालिकाका २७ जना, तुलसीपुर उपमहानगरपालिकाका १७ जना, बबई गाउँपालिकाका ६ जना रहेका छन् ।

यस्तै गढवा गाउँपलिका, लमही नगरपालिका र राप्ती गाउँपालिकाका एक एक जनामा कोरोना पुष्टि भएको छ । यससँगै दाङमा कोरोना संक्रमितको कुल संख्या १ हजार ५ सय ९ पुगेको छ । जसमध्ये १ हजार १ सय ३८ जना कोरोना मुक्त भएका छन् । अब बाँकी ३६५ जना भने विभिन्न आइसोलेसनमा रहेकोमा ३ सय १८ होम आइसोलेसनमा रहेको फोकल पर्सन चन्दले जानकारी दिए । दाङमा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भइसकेको छ ।

यसैबीच आज तुलसीपुरमा कोरोना पुष्टि हुनेमा सरकारी कर्मचारी समेत रहेका छन् । तुलसीपुरका कोभिड १९ फोकल पर्सन विमल केसीका अनुसार तुलसीपुरमा कोरोना पुष्टि हुनेमा १८ महिने बालिका समेत रहेका छन् । उहाँले सामाजिक सञ्जालमा लेख्दै आज तुलसीपुरमा १६ जनामा मात्र कोरोना पुष्टि भएको बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे