LISTEN LIVE RADIO

जन्म दिनमा दृष्टिविहिन सञ्चारकर्मी गिरीले गरे वृद्ध आश्रममा सहयोग



जन्म दिनमा दृष्टिविहिन सञ्चारकर्मी गिरीले गरे वृद्ध आश्रममा सहयोग

ओमप्रकाश गुप्ता, भालुवाङ २५ असोज । दृष्टिविहिन सञ्चारकर्मी विरेन्द्र गिरीले आफ्नो जन्म दिनको अवरमा वृद्ध आश्रममा सहयोग गरेका छन् । कपिलबस्तु नगरपालिका वडा नम्बर ५ बस्ने सञ्चारकर्मी गिरीले आफ्नो २२ औँ जन्म दिनको अवसरमा पहिलो पटक कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका ५ बनखे स्थित महिला तथा वृद्ध सेवा केन्द्र वृद्ध आश्रममा दुई प्याकेट माक्स र ५ दर्जन केरा प्रदान गरेका छन् ।

आफु सँग भएको थोरै रकमले भएपनि सहयोग गरेको बताएका छन् । सो अवसरमा आश्रमकी अध्यक्ष शारदा चन्द, सचिव सिर्जना चौधरी र कोषाध्यक्ष हिरादेवी भट्ट लगायतको सहभागिता रहेको थियो । सञ्चारकर्मी गिरी दाङको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा रहेको रेडियो राप्ती, लमहीको रेडियो नयाँयुग, रेडियो हाईवे, काठमाण्डौको रेडियो गोरखा, कपिलवस्तुको रेडियो परिवर्तनमा काम गरिसकेको गिरी अहिले दाङ देउखुरीको देउखुरी टुडे पत्रिका, अनलाइनमा आवद्ध रहि कपिलवस्तुबाट काम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे