एमाले सांसद शान्ता चौधरीले गाडी फिर्ता गरिन



एमाले सांसद शान्ता चौधरीले गाडी फिर्ता गरिन

दाङ ९ जेठ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलकी सचेतक शान्ता चौधरीले आफुले प्रयोग गर्दै आएको गाडी फिर्ता गरेकी छन् । उनले पदमा रहँदा सम्म राज्यको स्रोत साधन प्रयोग गरेको भएपनि पद मुक्त भएपछि सरकारी सम्पत्ति सरकारलाई नै फिर्ता दिएको जानकारी दिइन ।

प्रतिनिधिसभा बिघटन पछि सांसद पद गुमाएको हुँदा आफुले प्रयोग गर्दै आएको गाडी आइतबार संसद सचिवालयलाई फिर्ता गरिदिएको चौधरीले जानकारी दिइन ।मन्त्री परिषदको सिफारिसमा शनिबार मध्य राति राष्ट्रपतिले प्रतिनिनिधसभा बिघटन गर्दै कात्तिक २६ र मंसिर ३ गते निर्वाचनको मिति घोषणा गरेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे