दाङमा आइतबार कोरोना संक्रमणदर र मृत्युदरमा कमी



दाङमा आइतबार कोरोना संक्रमणदर र मृत्युदरमा कमी

दाङ ९ जेठ । दाङमा आज कोरोना संक्रमणदरमा कमी आएको छ । बितेको २४ घण्टामा २४० जनाको परिक्षण गर्दा ५८ जनामा संक्रमण देखिएको हो । जिल्लामा आज कुल परिक्षणको २४ दशमलव १४ प्रतिशतमा मात्रै संक्रमण देखिएको हो ।

थप संक्रमण हुनेमा घोराहीका ३५ जना, लमहीका १२, तुलसीपुरका ७, राप्तीका ३ र गढवाका १ जना रहेका छन् । यससंगै जिल्लामा बैशाखयता ६ हजार २ सय ७२ जनामा संक्रमण देखिएको छ । जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या १ हजार ७ सय ६६ रहेको छ ।

बितेको २४ घण्टामा थप २ जना संक्रमितको मत्यु भएको छ । तुलसीपुर ७ र १४ का ६४ वर्षका पुरुष र ३० वर्षिय महिलाको संक्रमणबाट मृत्यु भएको हो । यससंगै दाङमा बैशाखयता १५६ जना संक्रमितको मृत्यु भएको छ ।

बितको २४ घण्टामा थप ३१३ जना संक्रमणमुक्त भएका छन् । बैशाखयता संक्रमणमुक्त हुनेको संख्या ४ हजार ३५१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे