LISTEN LIVE RADIO

तुलसीपुरका नगर प्रमुख सहित २१ जनामा कोरोना संक्रमण,



तुलसीपुरका नगर प्रमुख सहित २१ जनामा कोरोना संक्रमण,

देेेेेेेउखुरी टुडेकर्मी, तुलसीपुर २२ असोज ।

तुलसीपुर उपमहानगरपालिकाका मेयर र मेयरका स्वकिय सचिवसहित २१ जनामा कोरोना संक्रमण देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणनमा नगरप्रमुख घनश्याम पाण्डे, उहाँका स्वकिय सचिव र अन्य १९ जनामा कोरोना संक्रमण देखिएको हो ।

कोरोनाको लक्षण देखिएपछि स्वाब परिक्षण गर्दा संक्रमण देखिएको हो । थप संक्रमण हुनेमा वडा नम्बर २ का २ जना, ५ र ६ का २÷२ जना, वडा नम्बर ७ का ३ जना र ८ का ४ जना रहेका छन् । त्यसैगरी वडा नम्बर ९ का १ जना, वडा नम्बर १२ का ६ जना र १५ का एक जना रहेका छन् । संक्रमित हुने २२ वर्षदेखि ७४ वर्षसम्मका रहेको कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिनुभयो । नगरप्रमुखमा कोरोना देखिएपछि पालिकाको कार्यालय शिल गर्ने तयारी आकस्मिक बैठक बसिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे