LISTEN LIVE RADIO

कोरोना संक्रमणबाट नेपालमा थप १२ जनाको मृत्यु



कोरोना संक्रमणबाट नेपालमा थप १२ जनाको मृत्यु

ज्यान गुमाउनेको संख्या ५९०

देउखुरी टुडेकर्मी, काठमाडाैं २२ असाेज ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५९० पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३६४ जनामा कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ । संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ७१ हजार ३४३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २६७५ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे