LISTEN LIVE RADIO

कर्मचारीमा कोरोना पुष्टि भएपछि मालपोत कार्यालय दाङ ५ दिन सम्म बन्द



कर्मचारीमा कोरोना पुष्टि भएपछि मालपोत कार्यालय दाङ ५ दिन सम्म बन्द

देउखुरी टुडेकर्मी, दाङ २२ असोज ।

कर्मचारीमा कोरोना पुष्टि भएपछि जिल्ला मालपोत कार्यालय दाङ ५ दिनलाई बन्द हुने भएको छ । भूमिसुधार तथा मालपोत कार्यालय घोराही दाङले एक सूचना जारी गर्दै आज २२ गतेदेखि यही २६ गतेसम्म कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा बन्द हुने जानकारी दिएको छ।

‘यस कार्यालयका कर्मचारीमा कोरोना पुष्टि भएकाले अन्य कर्मचारीहरु क्वारेन्टाइनमा बस्नु पर्ने र पिसिआर परिक्षण गर्नु पर्ने भएको हुँदा ५ दिनलाई सम्पूर्ण सेवा बन्द हुने भएको छ’, जारी गरिएको सूचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे