LISTEN LIVE RADIO

लमही नगरपालिका २ नम्बर वडाध्यक्ष चाैधरी सम्मानित



लमही नगरपालिका २ नम्बर वडाध्यक्ष चाैधरी सम्मानित

शिवु खनाल, लमही २२ असाेज ।
लमही नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष नेपालु चाैधरी र उहाँकाे बुवा कृष्ण चाैधरीलाई नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज लमही आँखा अस्पताल सम्मान गरेको छ ।

नेपाल नेत्रज्याेती संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज लमही आँखा अस्पतालले आयाेजना गरेको विश्व दृष्टि दिवसको अवसरमा नेपालु चाैधरीले लमही आँखा अस्पतालकाे परिसर भित्र आँखा उपचार सेवा लिन आउनु हुने सेवाग्राहीका लागि कान्छा भतिजो स्व: सुशील चाैधरीकाे स्मृतिमा चार लाख पैतिस हजार पाँच सय त्रिपन्न रूपैयाँमा प्रतिक्षालय निर्माण गरि हस्तान्तरण गर्नु भएको छ ।

साेहि अवसरमा वडाध्यक्ष चाैधरी र उहाँको बुवालाई लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसी र उपप्रमुख देवका बेल्वासेले सम्मान-पत्र सहित दाेसल्ला अाेढाई सम्मान गरिएको हाे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे