LISTEN LIVE RADIO

देेेेेेेउखुरी टुडेकर्मी ओमप्रकाश गुप्ताले निलसागरलाई फलफुल दिएर मनाए ३४ आैँ जन्मदिन



देेेेेेेउखुरी टुडेकर्मी ओमप्रकाश गुप्ताले निलसागरलाई फलफुल दिएर मनाए ३४ आैँ जन्मदिन


देेउखुुुरी टुुुडेकर्मी, सिसहनियाँ १८ भदाै ।

समाजका हरेक व्यक्तिले आफ्नो जन्म दिन फरक फरक तरिकाले मनाइरहेका हुन्छन् । कसैले केक काटेर, कसैले भोजभतेर गरेर त कसैले दिनदुखीको सेवा गरेर अाफ्नो जन्म दिन मनाउने गरेका हुन्छन् । तर दाङ देउखुरीका एक पत्रकारले भने अाफ्नो जन्म दिन अलि फरक तरिकाले मनाएका छन् ।

राप्ती गाउँपालिका वडा नम्बर ५ लठ्ठहवा निवासी थाहा अनलाइनका दाङ प्रतिनिधि ओमप्रकाश गुप्ताले अाफ्नो ३४ अाैँ जन्म दिनमा बिहीबार राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको निलसागर सेवाआश्रमलाई पहिलोपटक फलफुल दिएर मनाएका छन् । दाङ जिल्लालाई सडकआश्रीत सहयोगापेक्षी मानव रहित बनाउने ऎतिहासिक महाअभियानमा सेवाश्रमका लागि पत्रकार गुप्ताले अाश्रममा रहेका बुवाअामाहरूका लागि फलफुल तथा मिष्ठान्न सामाग्री प्रदान गरेका हुन् ।

फलफुल प्रदान गर्दै पत्रकार गुप्ताले जन्म दिनमा फजुल खर्च गर्नु भन्दा दिनदुखीको सेवामा केही सहयोग गर्न सके पुण्य प्राप्त हुने बताएका छन् । साथै उनले अाफ्नो जन्म दिनमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा तथा सामाजिक सञ्जाल फेसबुक मार्फत शुभकामना दिने सम्पूर्ण साथीभाई इष्टमित्रहरूलाई धन्यवाद समेत दिएका छन् । यस्तै निलसागरका अध्यक्ष प्रकाश विष्टले जन्म दिनमा थोरै भएपनि फलफुल दिएर सहयोग गरेकोमा अाभार प्रकट गर्दै जन्म दिनको शुभकामना दिएका छन् ।

त्यसै गरि राप्ती गाउँपालिका चेम्बर अफ कमर्सका अध्यक्ष कुमार अधिकारीले पनि जन्म दिनको शुभकामना दिएका छन् । उनले शुभकामना संदेशमा पत्रकारिता क्षेत्रमा अझ निखारता अावस भन्ने कामना समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे