दाङकाे रानीघाट खोलाको सबदाह स्थलमा काेराेना संक्रमितको शव जलाउन थालेपछि स्थानीय त्रसिद



दाङकाे रानीघाट खोलाको सबदाह स्थलमा काेराेना संक्रमितको शव जलाउन थालेपछि स्थानीय त्रसिद

तुलसीपुर २५ बैशाख । तुलसीपुर उपमहानगरपालिका – ७ स्थित रहेको रानिघाट खोलाको सबदाह स्थलमा पछिल्लो सयम दिनहु कोरोना संक्रमितको दाहसंस्कार गरिदै आईएको छ । तुलसीपुर– घोराही सडकखण्ड भन्दा करिब १०० मिटर भित्र सडक छेउमा रहेको उक्त शबदा गृहमा कोरोना संक्रमितको शब जलाईदै आएपछि स्थानीयहरु त्रसित बनेका छन् ।

गाँउ बस्तिको बिचौबिचमा रहेको उक्त सबदाह स्थल बाटोको छेउमा भएकाले पनि बालबालिका लगायत दिनहु हजारौ पैदलयात्रीको त्यहाँको बाटो भएर आवतजावत गर्ने गर्दछन । पटक पटक सबदाह स्थलको स्थानान्तरण गर्नुपर्छ भन्दै जनप्रतिनिधिलाई समेत जानकारी गराएको स्थानीयहरुले बताएका छन् ।

बारम्बार कुरा उठाउदा पनि सुनुवाइ नभएको स्थानीय चिरञ्जीवी रेग्मीले बताए । अहिले आफुहरु लगायत त्यहाँ छेउछाउमा बसोबास गर्ने मात्रै नभएर त्यस बाटोमा हिड्डुल गर्नेहरुलाई समेत त्रास रहेको उनले बताए । कोरोना संक्रमितको शब जलाईसके पछि शब ब्यवस्थापन टोलीले पिपिई लगायतका सामाग्रीहरु अब्यवस्थित रुपमा फालेर जाने गरेको आरोप समेत स्थानीयहरुले लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे