दाङमा लकडाउन उल्लघंन गर्ने ४ सय ६६ जना होल्डमा



दाङमा लकडाउन उल्लघंन गर्ने ४ सय ६६ जना होल्डमा

घोराही २५ बैशाख । दाङ प्रहरीले शनिवार निषेधाज्ञा उल्लघंन गर्ने ४ सय ३६ व्यक्ति सहित २ सय ४६ वटा सवारी साधनलाई होल्डिङ गरेको छ । कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय दाङले जारी गरेको निषेधाज्ञा उल्लंघन गर्ने ३६५ पुरुष र ७१ जना महिला रहेको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक मुकुन्द रिजालले जानकारी दिए ।

त्यसैगरि शनिबार निषेधाज्ञा उल्लंघन गर्ने १३४ दुई पाङ्ग्रे र ११२ चार पाङ्ग्रे सरकारी तथा निजी गाडीलाई होल्ड गरिएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए । जिल्ला प्रशासन कार्यालय दाङले वैशाख १७ गते रातिदेखि जेठ १ गते बेलुकी छ वजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे