अमेरिका बस्दै आएका तुलसीपुर निवासी भण्डारीद्वारा अक्सिजनका लागि चार लाख नगद सहयोग



अमेरिका बस्दै आएका तुलसीपुर निवासी भण्डारीद्वारा अक्सिजनका लागि चार लाख नगद सहयोग

तुलसीपुर २५ बैशाख । तुलसीपुर उपमहमानगरपालिका वडा नं. ५ घरभई हाल अमेरिका बस्दै आएका दीपक भण्डारीले अक्सिजनका लागि चार लाख रुपैँया सहयोग गरेका छन् । उक्त रकम बुबा भोजराज भण्डारी र आमा अनिता भण्डारीले संयुक्त रुपमा तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेलाई हस्तान्तरण गरेका हुन् ।

अहिले उपमहानगरपालिकालाई बिभिन्न व्यक्तीहरुले अक्सिजन खरिदका लागि सहयोग गर्दै आएका छन् । भण्डारीले सहयोग गरेको यो रकम अहिलेसम्मकै ठूलो रकम भएको प्रमुख पाण्डेले बताए । उक्त रकम ल्याउन पदमप्रसाद पोखरेल(जेठुकान्छु) र सूर्य शर्माले पहल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे