दाङमा एम्बुलेन्सले मनपरी भाडा लिएको भन्दै अनुगमन समिती गठन



दाङमा एम्बुलेन्सले मनपरी भाडा लिएको भन्दै अनुगमन समिती गठन

दाङ २३ बैशाख । पछिल्लो समय दाङमा कोरोना संक्रमितलाई बोक्ने एम्बुलेन्सले आफूखुशी मनपरी भाडा उठाउने गरेको भन्दै जिल्ला प्रशासन कार्यालय दाङको अगुवाईमा अनुुगमन समिति गठन गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलको अध्यक्षतामा बसेको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिबी राणाको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय, दाङ जिल्ला उद्योग वाणिज्य संघ, देउखुरी उद्योग वाणिज्य संघ, रेडक्रस सोसाईटी, संयुक्त एम्बुलेन्स चालक समिती, जिल्ला भित्रका सबै पालिकाका प्रतिनीधी सदस्य रहने गरि अनुगमन समिती गठन गरिएको हो ।

अस्पताल र एम्बुलेन्स चालकहरुले कोरोनाको बहानामा संक्रमित तथा अन्य बिरामीलाई ठग्ने गरेको पाइएमा कारवाही गरिने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । जिल्ला एम्बुलेन्स समितिले निर्धारण गरेको भाडादर कार्यान्वयन गर्न उनले आग्रह गरे ।

साथै कोरोनाको जोखिम मोलेर काम गर्नुपर्ने भएकाले जिल्ला स्वास्थ्य कार्यालय दाङले एम्बुलेन्स चालकहरुको स्वास्थ्य सुरक्षाका लागि आवश्यक सामाग्रीको व्यवस्थापन गरिदिने निणर्य गरेको छ । नाफारहित उद्देश्य लिएर विभिन्न संघसंस्थाहरूले एम्बुलेन्स सेवा दिइरहेको भएपनि कोरोनाको यो जटिल समयमा चालकले मनपरि भाडा लिने गरेको सर्बसाधारणले गुनासो गरेपछि अनुगमन समित बनाईएको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे