लमहीमा तीन हजार बढी बाख्रामा पिपिआर भ्याक्सिन लगाइयाे



लमहीमा तीन हजार बढी बाख्रामा पिपिआर भ्याक्सिन लगाइयाे

लमही ३० चैत्र । लमहीमा तीन हजार बढी बाख्रामा पिपिआर भ्याक्सिन लगाइएको छ ।

लमही नगरपालिका अन्तरगत पशु सेवा शाखाले निशुल्क पशु स्वास्थ शिबिर आयोजना गरेर सो संख्यामा बाख्राहरुलाई भ्याक्सिन लगाई सकेकाे जनाएको छ ।

चैत्र २२ गते देखि ३१ गते सम्म शिविर सञ्चालन हुने बताइएको छ । राेग लागेर भयावह स्थिति नआवस भनेर साे भ्याक्सिन दिइने ब्यबस्था मिलाइएको हाे ।

गाभिनाे र साना पाठापाठीलाई भने भ्याक्सिन दिन नमिल्ने पशु सेवा शाखाले जनाएको छ ।

कार्यालय प्रमुख गणेश चाैधरीकाे नेतृत्वमा रहेकाे ५ सदस्यीय टाेलीले भ्याक्सिन लगाउने कार्य गरिरहेकाे छ । सो भ्याक्सिन १ बर्षमा १ पटक मात्रै लगाइने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे