राष्ट्रिय वनबाट फैलिएको आगोले राप्ती गाउँपालिकाको अबुवा खोलामा एक घर गोठ जल्यो



राष्ट्रिय वनबाट फैलिएको आगोले राप्ती गाउँपालिकाको अबुवा खोलामा एक घर गोठ जल्यो

सिसहनियाँ ३० चैत्र । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ अबुवा खोलामा एक घर गोठ जलेर खरानी भएको छ ।

स्थानीय तनबहादुर दर्लामी मगरका अनुसार आइतवार विहान ११:३० बजेको समयमा राष्ट्रिय वनबाट आएको आगोले स्थानीय ओमबहादुर सिंजालीको घरमा आगलागी हुँदा काठले बारेर बनेको घर गोठ जलेर खरानी भएको छ ।

आगलागीबाट मानवीय क्षति नभए पनि घर भित्रका अन्नपात,लत्ताकपडा, धनसम्पत्ती, सरसमान गरि करिव ५ लाख बराबरको क्षति भएको बताइएको छ ।

आगोलाई स्थानीयबासीहरुले नियन्त्रणमा लिएका थिए । वन क्षेत्रमा अहिले पनि आगो लागिरहेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे