लमही नगरपालिकाद्वारा ३ सय ३९ जनालाई अपांगता परिचयपत्र वितरण



लमही नगरपालिकाद्वारा ३ सय ३९ जनालाई अपांगता परिचयपत्र वितरण

लमही ३० चैत्र । लमही नगरपालिकाले नयाँ अपांगता भएका व्यक्तिहरुलाई अपांगता परिचयपत्र वितरण गरेको छ ।

नगरपालिका भित्रका ३ सय ३९ जना अपांगता भएका नागरिकहरुलाई अपांगता परिचयपत्र वितरण गरेको छ ।

जस अन्तरगत सोमबार मात्रै २६ जनालाई पहिलो, हरियाे, निलाे र सेताे रंगका बेग्लाबेग्लै परिचयपत्र वितरण गरिएको छ ।

वडा नम्बर १ देखि ९ नम्बर वडाका अपांगता भएका व्यक्तिहरु आएका थिए । महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा लमहीकाे सहयाेगमा उक्त परिचयपत्र वितरण गरिएको हाे ।

नगरपालिकाकी उपप्रमुख देबका बेल्बासेले परिचय पत्र प्रदान गर्दै राज्यले दिने सेवा सुबिधामा कुनै पनि कसर बाँकि नराख्ने उद्घोष गरेकी छिन् ।

लामाे समय प्रमुख प्रशासकीय अधिकृत नहुँदा साे कार्य राेकिएकाे थियाे । साउन देखि चैत्र सम्म ३ सय ३९ वटा अपांगता परिचयपत्र बितरण भएको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा लमहीकाे तथ्यांकमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे