लमही अस्पतालमा औषधीकाे कुनै कमी छैन : अस्पताल प्रशासन



लमही अस्पतालमा औषधीकाे कुनै कमी छैन : अस्पताल प्रशासन

लमही १२ चैत्र । लमही अस्पतालमा कुनै पनि औषधीकाे कमी नभएकाे अस्पताल प्रशासनले बताएको छ ।स्थानीय बिरामीहरुले सिटामाेल सम्म नपाएको गुनासो बाहिर आएपछि अस्पताल प्रशासनका प्रमुख ठाकुर भट्टराईले लमही अस्पतालमा कुनैपनि प्रकारको औषधी कमी नभएको बताएका छन् । साथै उनले पहिले भन्दा अहिले अस्पतालमा धेरै सुधार भएको पनि बताएका छन् ।

अहिले अस्पतालले नगर स्तरीय सेवा पनि दिइरहेको उनले बताए । १/२ जनाले अनावश्यक अबबाद फैलाएकाे हुन सक्ने भन्दै त्यसको पछाडि नलाग्न पनि उनले आग्रह गरेका छन् । हामी तमतयारी अबस्थामा छाै अनि यहाँबाट दिइने सेवामा अस्पतालले कुनै पनि कसर बाँकी नराखेको भन्दै अहिले सिटामाेल जतिसुकै मात्रमा स्टाेरमा स्टक रहेकाे दाबी गरे । केहिले त एउटा डाक्टर नभएर यस क्षेत्रका स्थानीयले हैरानी खेपिरहेकाे समयमा लमही अस्पतालमा अहिले तीन वटा डाक्टर करारमा हाजिर भएका छन् ।

डा.आकाश बेल्वासे काजमा जानका लागि बिदा लिएपछि तीन वटा डाक्टर आएका हुन् । अस्पतालमा ओपिडि, भिडियो एक्सरे, समान्य एक्सरे, एसिजि सेवा, ल्याप सेवा, समान्य अप्रसन सेवा, इमर्जेन्सी सेवा, पाेस्टमार्टम सेवा लगायत सेवा निरन्तर रुपमा जारी रहेकाे अस्पतालले बताएको छ । नगर स्तरीय अस्पताल हाे तर पनि देउखुरी भरिका सेवाग्राहीलाई सेवा दिन सफल भएका छाै उनले भने, सबै सेवा लिन त अस्पताल स्तर बृद्धि गर्नुपर्छ लुम्बिनी प्रदेश स्तरको अस्पताल हुनुपर्ने हाे तर पनि यतिका धेरै सेवा दिन सकेका छाै यसैमा खुसी हुनुपर्ने हाे प्रमुख भट्टराईले भने । लमही नगरपालिका सहित तीन वटा गाउँपालिकाका स्थानीयहरुलाई सेवादिनु ठुलाे कुरा हाे जुन नगर स्तरिय अस्पतालले यति गरिरहेकाेमा सन्ताेष लिनुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे