स्थानीय मुद्दामा स्थानीय पत्रकार र वरिष्ठ पत्रकार दाहाल बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न



स्थानीय मुद्दामा स्थानीय पत्रकार र वरिष्ठ पत्रकार दाहाल बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

लमही १२ चैत्र । प्रज्वल स्मृति अध्ययन केन्द्र गढवा र प्रेस युनियन दाङ देउखुरीको संयुक्त आयोजनामा स्थानीय मुद्दामा स्थानिय पत्रकार र वरिष्ठ पत्रकार राजेन्द्र दाहाल बिच अन्तरक्रिया बिहिवार लमहीमा सम्पन्न भएकाे छ । प्रज्वल स्मृति अध्ययन केन्द्रका संरक्षक प्रदीपराज शर्माका छोरा प्रज्वलको सम्झनामा हरेक वर्ष विभिन्न कार्यक्रम हुँदै आएका छन् ।

प्रज्वल स्मृति अध्ययन केन्द्रका संयोजक मधुसुदन वलीको अध्यक्षता तथा बरिष्ठ पत्रकार राजेन्द्र दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वरिष्ठ पत्रकार दाहालले पत्रकारहरुले जहिल्यै पनि नयाँ कुराको खोजी र बिषयको गहिराईलाई तथ्य फरक तरिकाबाट सुक्ष्म अध्ययन गरि जनताका पक्षमा कलम चलाउनु पर्नेमा जोड दिएका छन् ।

तिन तहको सरकार गठन भैसके पछि स्थानिय सरकारमा भैरहेको बिकाशका कामहरुले नागरिकको समस्याको सम्बोधन गर्न सकेका छन कि छैनन्, स्थानिय सरकार प्रतिको आम नागरिकको अपेक्षा अनुसार र सरकारले काम गर्न सकेका छन वा छैनन् , न्यायिक समिकिो काम कर्तब्य र अधिकार अनुसारको काम भएको छ छैन भन्ने बिषयहरु अहिले चासोको बिषय भएको उनको भनाई छ ।

जनचासोको बिषय भएकोले स्थानिय मुद्धाहरुलाई पत्रकारहरुले निष्पक्ष ढङ्गले पेशागत दायित्व र जिम्मेवारी बहन गर्नका लागी पत्रकारहरु बढि अध्यनशिल र जिज्ञासु हुन आबश्यक रहेको दाहालको धारणा छ । साथै छलफलमा पत्रकारहरुले स्थानिय तहबाट तथ्य सुचना प्राप्त गर्न सहज नभएको सुचना अधिकारीहरु आफ्नो जिम्मेवारीबाट पन्छीन खोज्ने परिपाटि हाबी हुनुका साथै पत्रकार पत्रकार बिचमा पनि समन्वय हुन नसक्दा कतिपय मुद्धा उठानमा समेत असहज भएको पत्रकारहरुको भनाई थियो ।

कार्यक्रममा प्रज्ववल स्मृति अध्ययन केन्द्रका संरक्षक प्रदिपराज शर्मा, रेडियो हाईवेका प्रबन्ध निर्देशक केपि घिमिरे, प्रेस युनियन दाङका अध्यक्ष सन्तोष सुबेदी, नेपाल पत्रकार महासघ दाङका उपाध्यक्ष लिला शाह , लगाएतले बोलेका थिए । प्रेस युनियन दाङका सहसचिव शिबराज खनालले स्वागत गरेका थिए भने कार्यक्रमको संचालन प्रज्वल स्मृति अध्ययन केन्द्रका संयोजक गोबिन्द वलीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे