LISTEN LIVE RADIO

प्रतिनिधिसभा बैठक बस्नुअघि सांसदहरुलाई कोरोना खोप दिइने



प्रतिनिधिसभा बैठक बस्नुअघि सांसदहरुलाई कोरोना खोप दिइने

काठमाडौं १६ फागुन । प्रतिनिधिसभा बैठक बस्नु अघि सांसदहरुलाई कोरोना विरुद्धको खोप दिइने भएको छ ।

संसद सचिवालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा यही साता सांसद तथा संसद सचिवालयका कर्मचारीहरुलाई खोप दिन लागिएको जनाएको हो । प्रतिनिधिसभा बैठक फागुन २३ गते बस्ने भएको छ । फागुन १९, २० र २१ गते सिभिल अस्पतालमा खोप लगाइने सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे