लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ ४ गते विश्वासको मत लिने



लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ ४ गते विश्वासको मत लिने

देउखुरी ३० साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ ४ गते विश्वासको मत लिने भएका छन् ।

लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको २५ औं बैठकमा आचार्यले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले बताए । भदौ ४ गते मंगलबार दिउँसो १ बजे बैठक बस्ने तय भएको छ ।

एमाले २९ र कांग्रेस २७ गरी ५६ जनाको समर्थनमा साउन ७ गते एमाले दल उपनेता आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका थिए । आचार्यको नेतृत्वमा एमाले र कांग्रेसका ४/ मन्त्री नियुक्त भएका छन् । एमालेले मुख्यमन्त्री सहित ५ र कांग्रेसले ५ मन्त्रालय भागबन्डा गरेका थिए । १२ मन्त्रालय रहेको लुम्बिनीमा दुई मन्त्रालय साना दललाई दिने सहमति भएको छ । कांग्रेसबाट एक र साना दलबाट दुई मन्त्री नियुक्त गर्न बाँकी छ ।

मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार आचार्यले विश्वासको लिएपछि सरकारलाई पूर्णता दिने तयारी छ । हाल गठबन्धनमा साना दलहरुमा नागरिक उन्मुक्ति पार्टीका ४ जनमत ३, लोसपा ३ जसपा २ जसपा नेपाल १ जना सांसद रहेका छन् । लुम्बिनी प्रदेशसभामा ८७ सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे