रणअम्बिका आँखा अस्पतालको भवन निर्माण ठेक्कामा सेटिङ्ग सम्झौता खारेज गर्न व्यवसायीको माग



रणअम्बिका आँखा अस्पतालको भवन निर्माण ठेक्कामा सेटिङ्ग सम्झौता खारेज गर्न व्यवसायीको माग

बुटवल २२ जेष्ठ । रुपन्देहीको भैरहवास्थित रण अम्बिका आँखा अस्पतालको भवन निर्माणको टेन्डर प्रक्रियामा सेटिङ्ग भएको भन्दै निर्माण व्यवसायीहरूले पुनः प्राविधिक प्रस्ताव छनोट गर्न माग गरेका छन् ।

लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीले सबै मापदण्ड पुगेको १७ वटा निर्माण कम्पनी प्रतिस्पर्धामा रहेकोमा ३ वटाको मात्र आशय निकालिएपछि आर्थिक चलखेल भएको व्यवसायीहरुको आरोप छ । संघले सोमबार बुटवलमा पत्रकार सम्मेलन गरी ५ करोड रुपैयाँमा चलखेल भएको आरोप लगाएको छ ।

उक्त ठेक्काका लागि एनबी निर्माण कम्पनीले १७ करोड, बबुल कन्स्ट्रक्सन कम्पनीले १७ करोड ५० लाख रकममा निर्माण गर्न प्रस्ताव हाले पनि ५ करोड बढी रकमको स्वीकृत गरिएको व्यवसायी नारायण भुसालले बताए ।

आफू अनुकूलको निर्माण कम्पनीलाई ठेक्का दिलाएको र प्रतिस्पर्धामा गएका कम्पनीहरू योग्य हुँदाहुँदै पनि प्राविधिक प्रस्ताव स्वीकार गरेको लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीका अध्यक्ष मञ्जु भुसालले बताइन् । पुनः टेण्डर गर्न माग गर्दै उनले माग सम्बोधन नभए आन्दोलनमा जाने बताइन् ।

प्राविधिक प्रस्तावमा अस्वीकृत गरिएको बारे सूचनाको हकअनुसार जानकारी माग्दा समेत व्यबस्ता गरि प्रतिउत्तर नदिएको भन्दै निर्माण व्यवसायीहरुले कानुनकोबाटो रोज्ने बताए । प्राविधिक प्रस्ताव छनोट पुन मूल्याङ्कन गर्न व्यवसायीको माग रहेको व्यवसायी जीवन कक्षपतिले बताए ।

त्यस्तै दर्ता भएका कम्पनीको प्राविधिक प्रस्ताव अस्वीकृत गरिनुको सगैँ उचित कारण बारे जानाकरी दिन नसक्नुले ठक्का प्रक्रियामा सेटिङ्मा मिलेमतो भएको निरमार्ण व्यवसयी संघ प्रदेशका प्रदेश उपाध्यक्ष नवराज श्रेष्ठले बताए ।

उक्त ठेक्काका लागि कवीन्द्र निर्माण सेवा- काठमाडौं, एपीएम कन्स्ट्रक्सन एण्ड विल्डस प्रालि- काठमाडौं र नव सिर्जनशिल कन्स्ट्रक्सन कम्पनी प्रालि- काठमाडौंको प्राविधिक प्रस्ताव स्वीकृत गरी ​बोलपत्रदाताहरूको नाम समेत छनोट गरिएको सार्वजनिक गरिएको छ ।

प्रतिर्स्पर्धामा गएका कम्पनीहरूको प्राविधिक प्रस्ताव अस्वीकार गर्नुको कारण खुलाई सो को सत्यतथ्य आधार बाहिर ल्याउन र पुनः मूल्याङ्कन गराई स्वच्छ प्रतिस्पर्धामा भाग लिने वातावरण बनाउन निर्माण व्यवसायीहरुको माग रहेका उनले बताए ।

यस्तै टेण्डर सेटिङ्का कारण ठुलो बजेटमा काम गर्ने निर्माण व्यसायीहरु बिस्थापत हुने डर छ भने अर्को तिर सेटिङका प्रक्रियले गुणस्तरिय काम पनि हुननसकेका धेरै उदाहरण छन व्यवसायीहरुले भने ।

व्यवसायीहरूले विभिन्न सरकारी निकायहरूबाट समयमै भुक्तानी नपाएको, साइट किल्लेर नभई ठेक्का निकाल्दा निर्माण कार्य समयमै सम्पन्न गर्न नसकिएको र बजेटको सुनिश्चिततता नहुँदै ठेक्का निकाल्ने परिपाटीले निर्माण कार्यहरू अलपत्र परेकोतर्फ सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे