LISTEN LIVE RADIO

मृगौला पीडित पुस्ते विकद्वारा उपचारको लागि सहयोगको अपिल



मृगौला पीडित पुस्ते विकद्वारा उपचारको लागि सहयोगको अपिल

भालुवाङ ८ मंसिर । दाङको राप्ती गाउँपालिका वडा नं. १ भालुबाङ्ग निवासी मृगौला पिडीत पुस्ते विकले उपचारमा सहयोग गरि आफ्नो जीवन बचाई दिनको लागि सम्पूर्णमा हार्दिक अपिल गरेका छन्।

विगत ३ महिना देखि मृगौला फेल भएर बुटवल स्थित गाैतम बुद्ध सामुदायिक मुटु अस्पतालमा नियमित रुपमा डायलाइसिस गराउदै आएका विकले उपचार गर्ने रकम नभए पछि सहयोगको अपिल गरेका हुन् । दुवै मृगौला फेल भएर पीडित बनेका ४१ बर्षीय पुस्ते विक अहिले जीवन मरणको दोसादमा बाँचिरहेका छन् । मृगौलाले काम गर्न छोडेको थाहा पाए सँगै राम्रो खाने, लाउने उनको सपना माथी अहिले रोग पहाड बनेर उभिएको छ । तर उनलाई नयाँ जीवन पाउने आशा पनि त्यत्तिकै रहेको छ। “म बाच्न चाहान्छु।मलाई सबैले आर्थिक सहयोग गरेर बचाउनु हाेस्।”- भावुक हुदै उनले भने- “जस्ले जे जति सक्नु हुन्छ। सहयोग गर्नुहाेस्।” उपचारका क्रममा भए भरकाे सबै सम्पत्ति सकिए पछि अहिले आर्थिक अभावका कारण उनले सबै सँग आर्थीक सहयोगको अपिल गरेका हुन् । उनले केही वर्ष पहिले आँखाको दृष्टि समेत गुमाएका छन्।

ज्याला मजदुरीमा अरुकाे काम गर्दै आइरहेका विक दुबै मृगौला सँगै आँखाको दृष्टि समेत गुमे पछि उनको परिवारमा अहिले ठुलै संकट आइपरेको छ। “अरुकाे काम गरेर खाने मान्छे ,कमाउने घर मुली नै थला परे पछि अब कसरी उपचार गर्ने हाे।साझ बिहान के खाने हाे।”- उनकी श्रीमती प्रेमला विकले भन्नुभयो -“निकै चिन्ता लाग्छ।” उनको परिवारमा तीन जना सदस्य रहेका छन्।ती मध्ये छाेरा भिमकान्त विक बाबु बिरामी भए पछि सानै उमेरमा पढाइ छाेढेर स्थानीय स्तरमा चल्ने गाढीकाे सहयोगीकाे काम गर्ने गरेका छन्। मृगौला पिडीत पुस्ते विकले अहिले हप्तामा दुई पटक डायलाइसिस गर्दै आएका छन् ।

डाईलाइसिसको एक पटकमा करिव ६ हजार खर्च लाग्ने भएकाले आफु सँग तत्काल उपचार गर्न समेत समस्या भएको बताएका छन्। बुटवल स्थित गाैतम बुद्ध सामुदायिक मुटु अस्पतालमा उपचार गरिरहेका विकको आर्थिक अवस्था निकै कमजोर भएकाले थप उपचारका लागि आर्थिक समस्या भएको हो । उनलाई सहयोग गर्न सांग्रीला डेभलपमेन्ट बैंक लिमिटेडमा उनको नाममा रहेको खाता नम्बर ०१८१०५००३५४६६३०००००१ मा सहयोग रकम जम्मा सकिने बताइएको छ।त्यस्तै उनकि श्रीमती प्रेमला विकको माेबाइल नम्बर ९८६७४६७२०३मा फोन गरेर पनि सहयोग गर्न सकिने उनले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे