LISTEN LIVE RADIO

ट्राफिक सप्ताहकाे पाँचौं दिन : चालक र सहचालकको आँखा तथा स्वास्थ्य जाँच



ट्राफिक सप्ताहकाे पाँचौं दिन : चालक र सहचालकको आँखा तथा स्वास्थ्य जाँच

दाङ २१ असाेज । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले सवारी दुर्घटना न्यूनिकरण गर्नका लागि थालेको ट्राफिक सप्ताह अन्तरगत विभिन्न सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिएको छ ।

ट्राफिक सप्ताह अभियानको पाँचौ दिन चालक र सहचालकको आँखा र स्वास्थ्य जाँच गरिएको छ । आइतबार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ गोठिखोला र राप्ती गाउँपालिकाको सिसहनियाँमा गरिएको चेकजाँचमा २६५ जनाले स्वास्थ्य जाँच गरेको ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक किरणप्रकाश मल्लले जानकारी दिनुभयो ।

ट्राफिक नियमको पालनालाई अनिवार्य गर्दै सवारी दुर्घटनाबाट हुने क्षतिलाई न्युनिकरण गर्न सप्ताहको पाँचौं दिन यातायात कार्यालयका इन्जिनियरद्वारा गाडीको अवस्था र मेकानिकल पनि चेक गरिएको थियो । गाडी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ गोठिखोला साना ठुला गाडीगरि ६२ वटा चेक गरेको थियो जस्मा ६ वटा गाडीलाई कार्वाही परेका थिय भने भालुबाङमा २५ वटा चेक गरेकोमा २ वटा सवारीसाधन कार्वाहीमा परेका थिए । भने गाडीमा अनावश्यक झलर, स्टिकरहरु पनि निकालिएको ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक मल्लले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे