कोरोना बिरुद्धको खोप २ करोड १७ लाख नेपालीलाई उपलब्ध गराउने सरकारले तयारी 



कोरोना बिरुद्धको खोप २ करोड १७ लाख नेपालीलाई उपलब्ध गराउने सरकारले तयारी 

काठमाडौं २१ मंसिर । कोरोना भाइरसविरुद्धको भ्याक्सिन परीक्षण सफल हुनासाथ २ करोड १७ लाख नेपाली नागरिकलाई उपलब्ध गराउने योजनासहित सरकारले तयारी थालेको छ । प्राथमिकता र जोखिमका आधारमा भ्याक्सिन दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको योजना छ ।

केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालको कुल जनसंख्या ३ करोड १ लाख ६९ हजार ४ सय १९ छ, जसमध्ये २ करोड १७ लाख २१ हजार ९ सय ८१ जनालाई कोरोनाविरुद्धको भ्याक्सिन लगाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तयारी छ । कोभिडको भ्याक्सिन १५ वर्षभन्दा माथिकालाई मात्र दिइनेछ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे