LISTEN LIVE RADIO

नम्रता श्रेष्ठले जितिन ‘मिस नेपाल’को ताज



नम्रता श्रेष्ठले जितिन ‘मिस नेपाल’को ताज

काठमाडौं २१  मंसिर । नम्रता श्रेष्ठ ‘मिस नेपाल वल्र्ड २०२०’ बन्न सफल भएकी छन् । श्रेष्ठ किन्डर गार्डेन टिचर हुन । शनिवार उनले अरु प्रतिस्पर्धीलाई पछि पार्दै उक्त ताज जितेकी हुन ।

श्रेष्ठलाई ‘मिस नेपाल वल्र्ड २०१९’ की अनुष्का श्रेष्ठले ताज पहिराएकी थिइन । त्यस्तै,‘मिस नेपाल अर्थ २०२०’ को उपाधि सुप्रिया श्रेष्ठले जितेकी छन् ।

प्रतियोगिता अन्तरगत ‘मिस नेपाल सुप्रानेसनल २०२०’ को ताज सिमल कनौजियाले जितेकी छन् । त्यस्तै ‘मिस नेपाल इन्टरनेसनल २०२० को ताज सन्ध्या शर्माले जितेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे