दाङमा जीप पल्टियाे : एक जनाको मृत्यु, दुई जना घाईते



दाङमा जीप पल्टियाे : एक जनाको मृत्यु, दुई जना घाईते

दाङ २० मंसिर । दाङमा जीप दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।दुर्घटनामा परि अन्य दुई जना गम्भिर घाईते भएका छन् । घोराही उपमहानगरपालिका १७ असारेमा प्रदेश लुम्बिनी ३–०१–०२२ च ६३६९ नम्बरको जीप अनियन्त्रीत भएर सडक देखी खेतमा पल्टीदा घोराही उपमहानगरपालिका १७ का ३५ बर्षिय बिजय अधिकारीको मृत्यु भएको हो ।

दुर्घटनामा परि सोही ठाउँका ३५ बर्षिय उमाकान्त घिमिरे र घोराही १५ का ३६ बर्षका समिर पन्त घाईते हुनुभएको छ । घाईते दुबैलाई उपचारका लागि कोहलपुर लगिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख, प्रहरी निरीक्षक थम्मन जिसीले जानकारी दिए ।

घोराही ४ सिस्नेखोलाको एक्ले पिपलमा पिकनिक खाएर घोराही तर्फ आउने क्रममा जीप दुर्घटनामा परेको स्थानियले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे