LISTEN LIVE RADIO

कोरोना सङ्क्रमणबाट फ्रान्सका पूर्वराष्ट्रपतिको निधन



कोरोना सङ्क्रमणबाट फ्रान्सका पूर्वराष्ट्रपतिको निधन

काठमाण्डाै १९ मंसीर । फ्रान्सका पूर्वराष्ट्रपति भेलेरी गिसकार्ड डिएस्टेङ्गको कोरोना भाइरसका कारण ज्यान गएको छ । ९४ वर्षका उनलाई केही दिनअघि श्वासप्रश्वासमा समस्या देखिएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

अस्पतालबाट स्वस्थ भएर घर फर्किए पनि उनको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनले सन् १९७४ देखि १९८१ सम्म राष्ट्रपति रहेका उनी युरोपेली संघका प्रमुख संस्थापक समेत भए । उनलाई युरोपेली देशलाई एकजुट बनाउन योगदान पुर्याउने व्यक्तिको रुपमा पनि चिनिन्छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे