राप्तीमा आगलागी नियन्त्रणका लागि प्रहरी र सामुदायिक वनलाई आगो नियन्त्रक सामाग्री वितरण



भालुवाङ २८ चैत । दाङको राप्ती गाउँपलिकाले सुख्खा खडेरी समयको सुरुवात हुनै लाग्दा आगलागीका घट्ना बढी हुने सामुदायिक वनहरुका लागि साेमबार आगलागी नियन्त्रण गर्ने विभिन्न सामाग्रीहरु वितरण गरिएको छ ।

स्थानीय विपत व्यवस्थापन शाखा मार्फत एक प्रहरी कार्यलय सहित पालिका भित्रका आठ ओटा सामुदायिक वन समितिहरु लाई साे सामाग्रीहरु वितरण गरिएको हो । विगतका वर्षहरुमा जस्तै आगलागी हुन सक्ने सामुदायिक वनहरुलाई लक्षित गरी सामाग्रीहरु वितरण  गरिएको बताइएको छ ।

आगलागी र अन्य दुर्घटना लगायतका विपतहरुबाट स्थानीयलाई बच्न र बचाउने काममा सहयोगका लागि उक्त सामाग्रीहरू वितरण गरिएको हो । पालिकाकाे रामजहदी, कालिका, घण्टदेव, शान्ति, कालापानी, उरिमडाड, शंकर र खड्गेश्वरी सामुदायिक वन र ईलाका प्रहरी कार्यलय सिसहनियालाई उक्त सामाग्री वितरण गरिएको छ।

आगलागी भएको बेला आगाे नियन्त्रण गर्न तथा उद्धारको कामलाई सफल र प्रभावकारी बनाउन ती समितिलाई हेलमेट, फायर वल , फायर एक्स, प्राेटेवल फायर फाईटिङ पम्प, ब्याक प्याक पम्प लगायत आठ प्रकार सामाग्रीहरु वितरण गरिएको विपत व्यवस्थापन शाखाका प्रमुख सुवास भट्टराईले जानकारी दिएका छन् ।

उक्त सामाग्री वितरण कार्यक्रममा बाेल्दै राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले वितरण गरिएको सामाग्रीको सदुपयोग हुन सकेमा मात्र आगलागी वा अन्य प्राकृतिक विपत्तीका समयमा जनताको जीउधनको  सुरक्षा हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे