LISTEN LIVE RADIO

१९ औं स्वयंसेविका दिवसको अवसरमा भालुवाङमा ३ जना महिला स्वास्थ्य स्वयंसेविका सम्मानित



भालुवाङ १९ मंसिर । दाङ-देउखुरीकाे  प्रस्तावित भालुबाङ अस्पताल अर्थात साविक लालमटिया स्वास्थ्य चौकी अन्तर्गत तीन जना महिला स्वास्थ्य स्वयंसेविकाहरु सम्मानित भएका छन् ।

१९ औं महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा लालमटिया स्वास्थ्य चौकी (प्रस्तावित भालुबाङ अस्पताल)ले सोमबार भालुवाङमा आयाेजना गरेकाे  एक समारोहका बीच उनीहरुलाई प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

यसरी सम्मानित हुनेहरुमा राप्ती गाउँपालिका वडा नम्बर २ की दमयन्ता अधिकारी, राप्ती गाउँपालिका वडा नम्बर ३ की रुक्मिणी चौधरी र राप्ती गाउँपालिका वडा नम्बर ९ की मिना बैमा रहेका छन् ।

महिला सामुदायिक स्वास्थ्य स्वयसेविकाको प्रतिवद्धता, स्वास्थ्य प्रबर्धन हाम्रो एक्येबद्धता भन्ने मूल नाराका साथ राप्ती गाउँपालिका स्तरीय स्वयंसेविका अध्यक्ष सरिता भुसालको अध्यक्षता एबं राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे ।

स्वयंसेविका पम्फा अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा राप्ती गाउँपालिका प्रशासकीय अधिकृत नेपबहादुर वली र प्रतावित भालुबाङ अस्पतालका प्रमुख कृष्णप्रसाद श्रेट्ठ लगायतले आफ्ना मन्तव्य ब्यक्त गरेका थिए । कार्यक्रम संचालन स्वयंसेविका बिमला घिमिरे गरेकी थिइन् ।

कार्यक्रम शुरू हुनु पूर्व प्रतावित भालुबाङ अस्पताल परिसरबाट य्याली सुरु भई पुल्चोक बजार परिक्रमा गरी प्रतावित भालुबाङ अस्पतालमा गई औपचारिक कार्यक्रमकाे  आयाेजना गरी दिवस मनाईएको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे