LISTEN LIVE RADIO

बाँकेमा रोल्पाका एक कोरोना संक्रमित पुरुषकाे मृत्यु



बाँकेमा रोल्पाका एक कोरोना संक्रमित पुरुषकाे मृत्यु

नेपालगञ्ज २३ कार्तिक । रोल्पाका एक कोरोना संक्रमितको पुरुषको बाँकेमा मृत्यु भएकाे छ । भेरी अस्पतालमा उपचाररत रोल्पाको लिबाङ नगरपालिका–४ का ५६ वर्षीय कोरोना भाइरस संक्रमित पुरुषको मृत्यु भएको हाे।

कात्तिक १४ मा कोरोना संक्रमण पुष्टि भएपछि नेपालगन्जस्थित भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरिएका पुरुषको शनिबार राति १२:१० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिएका छन्।

स्वास्थ्यमा खराबी देखिएपछि उनको रोल्पास्थित रेउघा स्वास्थ्य चौकीमा उपचार भएको थियो। उपचारपछि पनि स्वास्थ्यमा सुधार नआएपछि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ल्याइएको थियो।

शिक्षण अस्पतालले कोरोना आशंकामा कात्तिक १४ मा स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएपछि उनलाई थप उपचारका लागि भेरी अस्पतालमा लगिएको थियो । मृतक पुरुषमा एक महिनादेखि जण्डिसको समस्या देखिएको पारिवारिक श्रोतलाई उदृध गर्दै श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे