गढवा गाउँपालिका स्तरिय आमा समूह संजाल गठन



गढवा गाउँपालिका स्तरिय आमा समूह संजाल गठन

शिबराज पन्थी गढवा १९ कार्तिक ।

गढवा गाउँपालिका भरका आमा समूहका पदाधिकारीहरु मंगलबार गाउँपालिकामा भेला भएर पालिका स्तरको आमा समूह संजाल गठन गरेका छन् । गाउँपालिकाभरमा ८३ वटा आमा समूहहरु भेला भएर सञ्जाल गठन गरेको स्वास्थ्य संयोजक कैलाश चौधरीले जानकारी दिए ।

भेलाले प्रियंका यादवकाे अध्यक्षतामा १३ सदस्यीय गढवा गाउँपालिका स्तरिय आमा समूह संजाल गठन गरिएकाे छ । जसकाे उपाध्यक्षमा रमा कार्की, सचिवमा निर्मला पाण्डेय, सह-सचिवमा नारायणी बसनेत र कोषाध्यक्षमा शान्ती यादव रहेका छन् । त्यसैगरी सदस्यहरुमा शुशिला शर्मा, डिला गिरी, चिन्ता यादव, खिमादेवी रिजाल, सिता चौधरी, सरस्वती चौधरी, कविता चौधरी र एक कोइलाबासको रिक्त स्थान राखिएको स्वास्थ्य शाखाले जनाएको छ ।

आमा समूहहरुले लामो समयदेखि स्वास्थ्यको क्षेत्रमा स्वास्थ्य चौकी र महिला स्वयंसेबिकाहरुसंग निकट रहेर काम गर्दै आएका छन् । गढवा गाउँपालिकाभरमा रहेका ८३ महिला स्वास्थ्य स्वयंसेबिकाहरु रहेको र प्रत्येक १ जनाले एउटा आमा समूह गठन गरि नियमित स्वास्थ्य परामर्श एवं बैठक तथा बचत संकलन गर्ने गरेको स्वयंसेबिका सञ्जाल गढवाका अध्यक्ष कोकिला शाहीले बताए ।

भेलाकाे सहजीकरण स्वास्थ्य संयोजक केलाश चौधरी, स्वयंसेविका सञ्जालका अध्यक्ष कोकिला शाही र पुर्व अध्यक्ष सकुन्तला डिसीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे