देउखुरीकाे गढवामा बिपद् प्रतिकार्यका लागि इरा तालिम



देउखुरीकाे गढवामा बिपद् प्रतिकार्यका लागि इरा तालिम

शिबराज पन्थी, गढवा १९ कार्तिक ।

कोभिड १९ तथा बाढी पूर्व तयारी बिपद् प्रतिकार्यका लागि प्रारम्भिक द्रुत लेखाजोखा  तालिम सुरु भएको छ । युनिसेफ नेपाल, गढवा गाउँपालिका र नवजागरण महिला तथा वाल संरक्षण केन्द्र तुलसीपुरको आयोजनामा मंगलबार देखि गढवाको सामुदायिक पुस्तकालयमा तालिम सुरु भएको हाे ।

तालिमका सहभागीहरुलाइ मोबाइल एप्सको प्रयोगबाट जिपिएसको माध्यमबाट बिपद्को लेखाजोखा तथा तथ्यांक संकलनगर्ने कार्यमा प्रयोगात्मक अभ्यास गराइने बताइएको छ ।

गढवा गाउँपालिका बिपद् ब्यवस्थापन फोकल पर्सन हेमराज शर्माको अध्यक्षतामा सुरु भएको तालिमको उद्घाटन गाउँपालिकाका अध्यक्ष सहजराम यादवले गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष यादवले बिपद्को बेला स्थानीय सरकारलाई सघाउन न्यूसिपिसी र युनिसेफ नेपाल तथा रेडक्रसले गढवा गाउँपालिका क्षेत्रमा गरेको प्रयास प्रशंसनिय भएको बताए ।

गाउँपालिका संगको समन्वय र सहकार्यमा यो कार्यक्रम संचालन भएको भन्दै तालिममा सिकेका महत्वपूर्ण ज्ञानलाई प्रयोगात्मक फिल्डमा लागु गर्न आव्हान गरेका थिए । कार्यक्रममा गाउँपालिकाका प्रबक्ता बाबुराम अधिकारी, प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगी, रेडक्रस दाङका पूर्व सुचना प्रणाली संयोजक सन्तोष ढकाल लगायतले बोलेका थिए ।

तालिमको प्रशिक्षकमा रेडक्रसका तिर्थ पाण्डेय, देवीप्रसाद प्याकुरेल र सन्तोष ढकाल रहेका छन् । उद्घाटन कार्यक्रमको संचालन नवजागरण महिला तथा वाल संरक्षण केन्द्र तुलसीपुरका कार्यक्रम अधिकृत उमेश खरेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे