नेपालमा थप ३११४ जनामा कोरोना पुष्टि, ३१४२ डिस्चार्ज, २० जनाको मृत्यु



नेपालमा थप ३११४ जनामा कोरोना पुष्टि, ३१४२ डिस्चार्ज, २० जनाको मृत्यु

काठमाडौं १८ कार्तिक । नेपालमा वितेको २४ घण्टामा ३ हजार एक सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ११ हजार एक सय ६६ जनाको नमुना परीक्षण गर्दा घण्टामा ३ हजार एक सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस सँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या एक लाख ७९ हजार ६ सय १४ पुगेको छ ।

त्यस्तै वितेको २४ घण्टामा तीन हजार एक सय ४२ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै कोरोना मुक्त हुनेको कुल सङ्ख्या एक लाख ४१ हजार एक सय ३४ पुगेको छ । अब ३७ हजार चार सय ७६ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् भने एक हजार दुई सय ७७ जना क्वरेन्टाइनमा रहेका छन् ।

यसैबीच नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट २० जनाको मृत्यु भएसँगै मृत्यु हुनेको कुल सङ्ख्या एक हजार चार पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे