LISTEN LIVE RADIO

रुपन्देही र कैलालीमा थप दुई जना कोरोना संक्रमित बृद्धकाे मृत्यु



रुपन्देही र कैलालीमा थप दुई जना कोरोना संक्रमित बृद्धकाे मृत्यु

देउखुरी टुडेकर्मी, भालुवाङ १६ कार्तिक ।

रुपन्देही र कैलालीमा कोरोना संक्रमित थप दुई जना बृद्धकाे आज मृत्यु भएकाे छ । यता रुपन्देहीकाे तिलोत्तमा नगरपालिका-१ का ९५ वर्षीय पुरुषको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको छ ।

शनिबार कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको फिभर क्लिनिकको आइसोलेसनमा भर्ना भएका उनको आइतबार बिहान साढे १० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले जानकारी दिए । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८० पुगेको छ ।

त्यस्तै कैलालीको टीकापुर नगरपालिका वडानम्बर १ का ६० वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि उनी यही कात्तिक १४ गते भेरी अस्पतालमा भर्ना भएका थिए । १५ गते कोरोना संक्रमण पुष्टि भएका उनको १६ गते बिहान १ बजे उपचारकै क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रवक्ता नरेश श्रेष्ठले जानकारी दिए ।

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे