घोराहीकाे नवलपुरबाट तीन लाख बढी नगद सहित पाँच जना जुवाडे पक्राउ



घोराहीकाे नवलपुरबाट तीन लाख बढी नगद सहित पाँच जना जुवाडे पक्राउ

देउखुरी टुडेकर्मी, घोराही १६  कात्तिक ।

दाङको घोराहीबाट प्रहरीले ३ लाख बढी रकम सहित ५ जना जुवाडेलाई पक्राउ गरेको छ । तीन लाख ५० हजार नगद सहित गएराती उनीहरुलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

घोराही–१८ नवलपुरमा जुवा खेलिरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले जानकारी दिए ।

 

पक्राउ पर्नेहरुमा घोराही– १० का अनिल कुमार थापा, कमल रावत, केशब डाँगी, घोराही– १५ का बसन्त भण्डारी र धर्म ज्ञवाली रहेको चन्दले बताए । पक्राउ परेकालाई जुवा ऐन अनुसार मुद्धा दर्ता गरेर कारबाही हुने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे