LISTEN LIVE RADIO

देउखुरीकाे लमही र गढवाका १-१ जना गरी दाङमा आज थप २७ जनामा कोरोना संक्रमण पुष्टि



देउखुरीकाे लमही र गढवाका १-१ जना गरी दाङमा आज थप २७ जनामा कोरोना संक्रमण पुष्टि

देउखुरी टुडेकर्मी, भालुवाङ १४ कार्तिक ।

देउखुरीकाे लमही र गढवाका १-१ जना गरी दाङमा आज थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पिसिआर परिक्षणमा आज दाङका २७ जनामा कोरोना देखिएको जिल्ला आपतकालीन कार्य सञ्चालन दाङले जनाएको छ ।

संक्रमण देखिनेमा घोराहीका २५ जना सहित लमहीका १ जना र गढवा गाउँपालिकाका एक एक जना रहेका छन् । घोराहीमा संक्रमण देखिनेहरुमा वडा नंम्वर ३, ५, ७,  ८,  १६ र  १७ का  १÷१ जनामा संक्रमण देखिएको छ । यस्तै घोराही १५ का ११ जना, १३ र १४ का २ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

यस्तै उता लमही ५ का १ जना पुरुष र गढवा गाउँपालिकाका एक जनामा संक्रमण देखिएको हो । आज संक्रमण देखिनेमा १७ देखि ५९ वर्ष उमेर समुहका नागरिक रहेकोे जनाएको छ । दाङमा अहिले ४ सय ९८ जना संक्रिय संक्रमित रहेका छन् । जसमध्ये अधिकांश संक्रमित होम आईशोलेशनमै बसेका छन् ।

अहिले कोरोना बिशेष अस्पताल बेलझुण्डीमा १६ जना, देउखुरीको लालमटिया आईशोलेशनमा १८ जना र होम आईशोलेशनमा ४ सय ६२ रहेका छन् । तथ्याङमा अन्योल जिल्ला आपतकालीन कार्य सञ्चालन दाङको तथ्याङ्क अनुसार दाङमा अहिले सम्म जम्मा २ हजार ३१ जनामा मात्र संक्रमण पुष्टि भएको देखाउछ भने १५ सय ३५ जना संक्रमण मुक्त भएका छन् ।

उता स्वास्थ्य दाङको हिजो विहिवारसम्मकै तथ्याङ्क हेर्दा पनि २१ सय जनामा संक्रमण पुष्टि भएको देखाउछ भने १५ सय ७१ जना निको भएका छन् । जिल्ला आपतकालीन कार्य सञ्चालन दाङले आफुहरुले फ्लोअपका लागी स्वाव जाच गराउदा पुनः पोजेटिभ रिपोर्ट आएकाहरुलाई नजोडेकाले थोरै देखिएको बताउछ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे