LISTEN LIVE RADIO

दाङकाे तुलसीपुरमा थप एक स्वास्थ्यकर्मी सहित १४ जनामा कोरोना संक्रमण पुष्टि, योसंगै तुलसीपुरमा मात्रै संक्रमित संख्या ४ सय ७८ पुग्याे



दाङकाे तुलसीपुरमा थप एक स्वास्थ्यकर्मी सहित १४ जनामा कोरोना संक्रमण पुष्टि, योसंगै तुलसीपुरमा मात्रै संक्रमित संख्या ४ सय ७८ पुग्याे

तुलसीपुर १४ कात्तिक । दाङकाे तुलसीपुरमा थप एक स्वास्थ्यकर्मी सहित १४ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको फिवर क्लिनिकबाट संकलन गरिएको स्वावको पिसिआर विधिबाट कोरोना परिक्षण गर्दा तुलसीपुरका एक जना स्वास्थ्यकर्मी सहित १४ जनाको काेराेना संक्रमण रिपोट पोजेटिभ देखिएकाे हाे ।

संक्रमित हुनेहरुमा तुलसीपुर वडा नम्बर १ का १ जना पुरुष, ५ का २ जना पुरुष, ६ का ४ जना पुरुष, ७ का १ जना महिला, ९ का एक जना महिला रहेका छन् । यस्तै वडा नम्वर ११ का १ जना पुरुष, १२ का एक जना पुरुष, १५ का १ जना पुरुष , १७ का एक जना महिला र १९ का एक पुरुष रहेको कोभिड १९ फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन् ।

योसंगै तुलसीपुरमा मात्रै हाल सम्म काेराेना संक्रमित हुनेको संख्या ४ सय ७८ पुगेको छ । जसमा सक्रिय संक्रमितको संख्या १ सय ८९ रहेको छ भने २ सय ८९ जना संक्रमण मुक्त भईसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे