LISTEN LIVE RADIO

नेपालमा आज १९५४ जनामा कोरोना पुष्टि, २९८१ जना डिस्चार्ज, ११ जनाको मृत्यु



नेपालमा आज १९५४ जनामा कोरोना पुष्टि, २९८१ जना डिस्चार्ज, ११ जनाको मृत्यु

काठमाडौं १२ कात्तिक  । नेपालमा बितेको २४ घण्टामा १ हजार ९५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ८ हजार २४८ जनाको पीसीआर विधिबाट परिक्षण गर्दा १ हजार ९५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ।

यस्तै बितेको २४ घण्टामा २ हजार ९८१ जना कोरोना मुक्त भएका छन् । यससँगै कोरोना मुक्त हुनेको कुल संख्या १ लाख २१ हजार ८२४ पुगेको छ । अब देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ६४३ रहेको छ। जसमा संस्थागत आइसोलेशनमा ७ हजार ७०९ र होम आइसोलेशनमा ३१ हजार ९३४ रहेका छन् ।

यसैबीच पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु भएकोे छ। यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ८८७ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे