मेची महाकाली युवा अभियानद्वारा निलसागरलाई सहयोग



मेची महाकाली युवा अभियानद्वारा निलसागरलाई सहयोग

ओमप्रकाश गुप्ता, सिसहनियाँ ७ कार्तिक ।      मेची-महाकाली युवा अभियान दाङले देउखुरीमा रहेको एक आश्रममा आवश्यक सामाग्री सहयोग गरेको छ । राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको निलसागर सेवा आश्रमलाई युवा अभियानले २२ थान कम्मल, फलफूल र ४ प्याकेट मास्क प्रदान गरेको छ ।                                                                                                  युवा अभियानका संयोजक भिमराज पुरूष र कोषाध्यक्ष ममता मानवसेवाले आश्रमका प्रेस संयोजक ओमप्रकाश गुप्तालाई सो सामाग्री प्रदान गरेका हुन् । आश्रमका २२ जना असहाय, अशक्त तथा जेष्ठ नागरिकलाई युवा अभियानका कोषाध्यक्ष ममता मानवसेवाले कम्मल ओढाइ दिएर फलफूल खुवाएकी थिइन् ।                    २०७५ सालमा स्थापना भएको युवा अभियानले विशेष गरी सामाजिक क्षेत्रमा काम गर्दै आएको छ । दाङ र पोखरामा काम गरिरहेको युवा अभियानले राहत वितरण, स्वास्थ्य, शिक्षाका क्षेत्रमा जनचेतनामुलक कार्यक्रम गर्दै अाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे