देउखुरीको सिसहनियाँमा अर्गानिक फुट सप्लिमेन्ट खुल्यो



देउखुरीको सिसहनियाँमा अर्गानिक फुट सप्लिमेन्ट खुल्यो

सिसहनियाँ १८ माघ । दाङ देउखुरीको राप्ती गाउँपालिका ५ सिसहनियाँ बजारमा बि.के.एस अर्गानिक फुट सप्लिमेन्ट सञ्चालनमा आएको छ ।  लुम्बिनी प्रदेशको राजधानी दाङ-देउखुरीको राप्ती उपत्यका अन्तर्गत सिसहनियाँ बजार देखि दक्षिण नेपालको दोस्रो लामो पुल जाने बाटो पूर्व-पश्चिम राजमार्ग देखि करिब १५० मिटर भित्र कर्णाली डेभलमेन्ट बैंक सिसहनियाँ शाखा देखि ठीक पश्चिम तर्फ अर्गानिक वल्र्ड गुरूपद्वारा सञ्चालित बि.के.एस अर्गानिक फुट सप्लिमेन्ट सञ्चालनमा आएको हो ।

उक्त सप्लिमेन्टको सञ्चालन राप्ती गाउँपालिका-२, लालमटिया कटेसनाला निवासी बिबेक पौडेल, कमला भण्डारी र सिमाकुमारी भण्डारीले गरेका छन् । यसै बिच सप्लिमेन्टको राप्ती गाउँपालिकाकी उपाध्यक्ष जगदम्बाकुमारी चौधरीले रिबन काटेर उद्घाटन गरेकी छिन् । सोमवार एक कार्यक्रमको आयोजना गरी सप्लिमेन्टको उद्घाटन गरिएको हो ।

सप्लिमेन्टका सञ्चालक बिबेक पौडेलको अध्यक्षता एवम् राप्ती गाउँपालिकाकी उपाध्यक्ष जगदम्बाकुमारी चौधरीको प्रमुख आतिथ्यतमा भएको उद्घाटन कार्यक्रममा बोेल्दै चौधरीले आफु स्वस्थ तथा निरोगी हुन जडिबुटी औषधी प्रयोग गर्न र यसका बारेमा सचेतना प्रदान गर्न सुझाव दिएकी छिन् ।

त्यस्तै कार्यक्रममा राष्ट्रिय प्रशिक्षक शंकर विसीले व्यक्ति स्वस्थ भए मात्र समाज निमाणर् गर्न सक्ने भन्दै अर्गानिक वल्र्ड ग्रुपले उत्पादन गरेको जडीबुटी औषधी प्रयोग गर्न सुझाव दिएका छन् । त्यस्तै अर्का प्रशिक्षक प्रकाश विसीले मानिसलाई आफु कसरी निरोगी बन्ने भन्ने विषयमा कुनै चासो र चिन्ता नभएका कारण मानिसलाईहरु दिनहुँ विभिन्न रोगको सिकार बन्नु परेको स्मरण गराउँदै केहि समय स्वास्थ्यका लागि पनि समय दिन सुझाव दिएका थिए ।

कार्यक्रममा राप्ती गाउँपालिका ५ नम्बर वडा अध्यक्ष गोवर्धन रावत, नेपाली कांग्रेस राप्ती गाउँपालिकाकी उपसभापती श्यामा रावत, सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष पुणर्बहादुर बुढाथोकी, सल्लाहाकर ठाकुर सुवेदी, राप्ती गाउँपालिका चेम्बर अफ कमर्सका अध्यक्ष कुमार अधिकारी, सामुदायिक वन महासंघका केन्द्रिय सदस्य डिलाराम पौडेल, रेडियो राप्ती तथा राप्ती टेलिभिजनका स्टेशन म्यानेजर ओमप्रकाश गुप्ता, बुद्धनगर टोलविकास संस्थाका अध्यक्ष पदमप्रसाद पौडेल, ओम हेल्थ सप्लिमेन्ट लालमटियाका सञ्चालक ओमप्रकाश बुढाथोकी, युवा समाजसेवी अमृत अधिकारी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन रेडियो राप्ती तथा राप्ती टेलिभिजनका सहायक स्टेशन म्यानेजर सन्तोषकुमार गुप्ताले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे