नेपालमा एकै दिन ३ हजार ५ सय ५३ जनामा काेराेना पुष्टि



नेपालमा एकै दिन ३ हजार ५ सय ५३ जनामा काेराेना पुष्टि

काठमाण्डाै २९ पुस । पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार पाँच सय ५३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १५ हजार ८१ जनाको नमुना परीक्षण गर्दा तीन हजार पाँच सय ५३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा दुई सय ७१ जना निको भएका छन् । योसहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख १५ हजार तीन सय ४७ जना पुगेकाे छ । यही अवधिमा एक जनासहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ६ सय १० पुगेको छ ।

अहिले नेपालमा १४ हजार तीन सय ४० जना सक्रिय सङ्क्रमित रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा तीन लाख ५६ हजार चार जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे